कजारियाको नयाँ सोरुम बाफल, कलंकीमा उद्घाटन

काठमाडौँ । कजारियाले कलंकीमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ ।

राम इम्पोर्ट हाउसद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेस, धनुषाका सभापति योगेन्द्र पजियार र उद्योग वाणिज्य संघ काठमाडौँका भु.पु अध्यक्ष कुश कुमार जोशीको उपस्थिति रहेको थियो । साथै, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रमुख प्रवीण सिंहको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिहरूले रिबन काटेर यस महत्त्वपूर्ण विस्तारको शुभारम्भ गरे ।

समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे ।

उनले भने ‘हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *