एनसेलले ल्यायो दुई आकर्षक एनएसएल अफरहरू


काठमाडौँ । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू सञ्चालनमा ल्याएको छ ।
यी अफरहरू अन्तर्गत ग्राहकहरूले सधैँ अन रिन्युअल प्याकहरूमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरू पाउने एनसेलले जनाएको छ ।
एनसेलका अनुसार यी दुवै अफरहरू आज बिहीबार (चैत्र २१) बाट लागू भएका छन् र वैशाख १६ सम्म मान्य रहनेछन् ।
एनएसएल डबल डेटा अफरअन्तर्गत, कर सहित रु. ३९९ बाट सुरु हुने सधैँ अन रिन्यूअल प्याकहरू ग्राहकहरूले दोब्बर डेटा बोनसका रूपमा प्राप्त गर्दछन् ।
यो डबल डेटा बोनस अफर हाल सञ्चालनमा रहेका सबै सधैँ अन रिन्यूअल प्याकका प्रयोगकर्ताहरूका साथै यो अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकहरूलाई लागू हुनेछ ।
एनसेलले यो अफर ग्राहकहरूका लागि निकै फाइदाजनक रहेको जनाएको छ, बोनस डेटा पहिले प्रयोग हुने भएकोले प्याकमा पाइने डेटा लगायतका बाँकी सेवाहरू क्यारीओभर अर्थात् थपिएर अर्को महिनामा पाइने एनसेले जनाएको छ ।
कम्पनीका अनुसार हाल एनसेलले सधैँ अन रिन्यूअल योजनाअन्तर्गत डेटा, भ्वाइस, र एसएमएस सेवाहरू बन्डल भएको ६ वटा मासिक रिन्यूअल प्याकहरू प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड युट्युब डेटा र राति ११ बजे देखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश रहेका छन् ।
कर सहित रु. ७९९, रु. ९९९, र रु. १,४९९ को रिन्यूअल प्याकहरूमा ग्राहकहरूले ३० दिनसम्म मान्य रहने प्रतिदिन रु. १,००० का दरले अधिकतम रु. १०,००० सम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्दछन् ।
अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ । यस अफरअन्तर्गत, रु.५० मा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डेटा लिने ग्राहकले बोनस स्वरूप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्ने एनसेलले जनाएको छ ।
त्यस्तै, रु. १५० मा ७ दिनसम्म मान्य हुने ७ जीबी डबल मजा प्याक किन्दा ग्राहकहरूले बोनसका रूपमा थप २ जीबी डेटा बोनस प्राप्त गर्दछन् ।
नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल एनएसएलमा थप रोमाञ्चकता थप्दै सञ्चालनमा ल्याइएका यी अफरहरूले ग्राहकहरूलाई ठुलो महत्त्व राख्ने एनसेलले जनाएको छ । एनसेल यस सिजन ३ मा टाइटल स्पोन्सरका रूपमा आबद्ध रहेको छ ।
