वायु प्रदुषण रोक्न सरकारले आवश्यक निर्णय गर्छ : प्रकाशमान सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको वायु प्रदुषण रोक्न सरकारले यथाशक्य छिटो निर्णय गर्ने बताएका छन् ।

बिहीवार काठमाडौं उपत्यकाको वायु प्रदुषण कम गर्न विज्ञहरुको सुझाव लिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले विज्ञहरुको सुझावका आधारमा अन्य सरोकारवाला निकायहरुसँग समेत छलफल गरेर अघि बढ्ने बताए । उद्योगधन्दा र कलकारखानाहरुको माध्यमबाट भइहरको वायु प्रदुषण रोक्न आवश्यक पहल गर्ने मन्त्री सिंहको भनाइ छ ।

उनले भने, ‘चाँडै अन्य सम्बन्धीत निकायहरुसँग समेत छलफल गरेर तत्काल गर्नुपर्ने कामहरु सरकारले गर्छ । विज्ञको सुझावका आधारमा वायु प्रदुषण कम गर्न तत्काल निर्णय गर्छौं ।’

काठमाडौमा वायु प्रदुषणले खतराको तह पार गरेपछि सरकारले प्रदुषण कम गर्न विज्ञको सुझाव लिएको हो । विज्ञहरुले वायु प्रदुषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिन सुझाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *