जुम्लामा आगलागी

जुम्ला । चन्दननाथ नगरपालिका–४ मा एक घरमा भीषण आगलागी हुँदा घर जलेर नष्ट भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आज साँझ ६ बजेतिर भएको आगलागीले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी भएको थियो ।

आगलागी नियन्त्रणमा प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय नागरिक र चन्दननाथ नगरपालकाको दमकल खटिएका थिए । उक्त घरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थी र अन्य नागरिक भाडामा बस्दै आएका थिए ।

आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी असिम हमालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *