चैत २२ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


आजको पञ्चाङ्ग
वि.सं चैत २२, २०८१ । ई.सं. 04 Apr, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४५ चौलाथ्व । कालयुक्त उत्तरायण वसन्त । शुक्रबार चैत्र शुक्लपक्ष । तिथि सप्तमी ०१:५२ बजेसम्म, त्यसपछी अष्टमी । नक्षत्र मृगशिरा ११:२३ बजेसम्म, त्यसपछी आर्द्रा । योग शोभन ०२:५७ बजेसम्म, त्यसपछी अतिगण्ड । करण गर १४:३८ बजेसम्म, त्यसपछी वणिज ०१:५२बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि मिथुन । आनन्दादि योग मानस । दिनमान १२:२९ । सूर्योदय ५:५३ । सूर्यास्त १८:२२ । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रममा वृद्धि हुनेछ। आँटेको कार्य सम्पादन हुनेछ। पठनपाठनमा मन लाग्नेछ। नयाँ कार्यको थालनी हुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा बोलिको प्रभावले प्राप्त भएका अवसरहरू गुम्लान् सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। अरुले आफ्नो स्वार्थ पूरा गर्न उपयोग गर्लान सजग रहनुहोस्। कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वैदेशिक यात्रा सफल रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा अधिकारी वर्गहरु कार्यबाट प्रसन्न हुनुहुनेछ। सहयोगी वर्गहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको कार्य प्रारम्भ हुनेछ। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। आम्दानीका स्रोतहरू बन्नेछन्। चलचित्र वा मिडियाको क्षेत्रमा विशेष सफलता पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्यार्थी वर्गहरुलाई उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ। रुचिको कार्य हात लाग्नाले मन आनन्दित रहनेछ। भाग्यको साथ मिल्नेछ। धर्मकर्ममा मन लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला। प्रतिभाको उच्च मूल्याङ्कन हुनेछ। कानुनी मामलाहरूमा पक्ष कमजोर होला। कृषिमा र पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। विद्यार्थी वर्गहरू समयको वेवास्था नगर्नुहोला पछाडि पर्न सक्नुहुनेछ। स्वास्थ्यमा खानपिनमा सावधानी राख्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नयाँ नोकरी पाउन सफल हुनुहुनेछ । अध्ययन अध्यापनमा मन लाग्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा शिक्षकको सहयोग मिल्नेछ। भावनात्मक सम्बन्ध सबल हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। साहित्य वा कलाको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ८ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट
