अधिकांश भागमा मौसम सफा, केही स्थानमा बदली

२०८१ चैत २२ गते

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरि पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखिएको छ ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
गण्डकी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ।
रातिको पूर्वानुमान अनुसार, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

२०८१ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित