गुडिरहेको गाडीको ढोकाबाट लडेर यात्रुको मृत्यु

सल्यान । सल्यानमा गुडिरहेको गाडीको ढोकाबाट लडेका एक यात्रु युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका-५ का २८ वर्षीय गणेश बुढा छन् ।

सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बुढा बिहीबार साँझ ६ बजे कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकामा झुण्डिएर यात्रा गरिरहेका थिए । छिन्चु-जाजरकोट सडक खण्ड अन्तरगत सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ बाङगिरा पुगेपछि गाडीको ढोकाबाट लडेका थिए । गाडी बाँकेको नेपालगञ्ज हुँदै सुर्खेतको गोजीबजार जाँदै थियो ।

लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्नेतले बताए । चालक सुर्खेतको सिम्ता गाउँपालिका- ५ का ४३ वर्षीय जिवराज गिरीसहित गाडी इलाका प्रहरी कार्यालय देवस्थलको नियन्त्रणमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *