डा. चन्द्र भण्डारीको चेतावनी- राज्यले प्रतिशोधको बाटो नअपनाओस्

२०८१ चैत २२ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहसँग राज्य प्रत्यक्ष द्वन्द्वमा जानु अनुचित हुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै डा. भण्डारीले राज्यको भूमिका सन्तुलित, मर्यादित र अभिभावकीय हुनुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन्, ‘काठमाडौँ महानगर प्रमुखसँग राज्य नै द्वन्द्वमा उत्रिन कदापि सुहाउँदैन, न त त्यो राज्यको धर्म नै हो । राज्यले सधैं आफ्नो गरिमा कायम राख्दै संयम र जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्छ ।’
प्रतिशोधको मानसिकता राष्ट्रहितमा नपर्ने भन्दै उनले भने, ‘प्रतिशोधको सीमा कति र कहिलेसम्म ? साना र ठूला बीचको भेदभाव किन ? फिनी हराएको थाहा छैन, गहुँका दाना गन्दै बस्ने ?’

२०८१ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित