ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा १ लाख ८० हजार ३ सय रुपैयाँका कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २५ रुपौयाँले घटेर १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *