मुक्तिनाथ बैंक र साउथवेस्ट्रन बिजनेस कलेजबीच बैंकिङ साक्षरतासम्बन्धी सम्झौता


काठमाडौं । मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेस कलेजबीच बैंकिङ साक्षरता तथा व्यवसाय आदानप्रदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार, मुक्तिनाथ विकास बैंकले कलेजका विद्यार्थीहरूलाई बैंकिङ साक्षरता कार्यक्रम प्रदान गर्नेछ, जसबाट उनीहरूले आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना तथा लगानी सम्बन्धी आवश्यक ज्ञान प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप तथा प्रशिक्षणको सुविधा उपलब्ध गराउनेछ, जसले विद्यार्थीहरूको क्षमता विकासमा योगदान गर्नुका साथै रोजगारीका अवसरहरू सिर्जना गर्नेछ ।
सम्झौताले बैंक र कलेजबीच दीर्घकालीन सहकार्यको मार्ग खोल्ने विश्वास गरिएको छ । यसबाट विद्यार्थीहरूले व्यावहारिक ज्ञान प्राप्त गर्नुका साथै वित्तीय सचेतनाको विकास गर्न सक्नेछन् ।
यसैबीच, मुक्तिनाथ विकास बैंकले हालै ‘मुक्तिनाथ फाइदा’ एप सञ्चालनमा ल्याएको छ । उक्त एपमार्फत ग्राहकहरूले मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामा रेमिट्यान्स जम्मा गर्ने लगायतका सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्नेछन् ।
