नयाँ दलप्रति कांग्रेस प्रवक्ता महतको कटाक्ष- ‘असहज हुँदा पन्छिने प्रवृत्ति’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ दलप्रति लक्षित गर्दै असहज हुँदा पन्छिने पार्टी भएको बताएका छन् । असहज अवस्थामा पन्छिने प्रवृत्ति रहेको बताउँदै डा. महतले नयाँ राजनीतिक दलहरुबाट अधिकारको रक्षा हुन नसक्ने बताएका हुन् ।

शुक्रबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औं स्थापना दिवसको अवसरमा बोल्दै महतले कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताए । सत्तामा रहे वा नरहे पनि कांग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने दल भएको दाबी गरे ।

‘कांग्रेसले जायज कुरालाई जायज भन्छ, सत्ता बाहिर भएपनि र सत्ताभित्र भएपनि । बोल्नुपर्ने कुरामा बोल्छ,’ महतले भने, ‘कांग्रेसको अनुभव, प्रतिवद्धता जुन छ, अफ्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ । अफ्ठयारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरुले अधिकारको रक्षा गर्न सक्दैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *