प्रमुख प्रशासकीय अधिकृतले लगाए तोक, कर्मचारीको तलब निकासा प्रक्रिया सुरू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज समयमै कार्यालयमा हाजिर भएका छन् ।

नगर प्रहरीले आज उनलाई रोक्ने प्रयास गरेनन् ।

शुक्रवार कार्यालय समय सुरु हुनासाथ गुरागाईँले कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् ।

लामो समयदेखि रोकिएको शिक्षक–कर्मचारीको तलब निकासाका लागि तोक उनले लगाइदिएका हुन् ।

प्रशासकीय अधिकृतको अभावमा महानगरका शिक्षक–कर्मचारीले ३ देखि पाँच महिनासम्मको तलब पाएका थिएनन् ।

मेयर बालेन्द्र साहको आदेशमा ह्वील लक गरिएको प्रशासकीय अधिकृतको गाडीमा लक पनि खोलिएको छ । मेयर बालेन्द्र साहको आदेशमा उक्त गाडीमा ह्वील लक गरिएको थियो । आजबाट गुरागाईँले सो गाडी प्रयोग गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *