तीनकुने घटनामा म्याद नाघेका अश्रुग्यास प्रहार भएको हो ?, आईजीपीले दिए यस्तो प्रष्टीकरण

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शमा म्याद नाघेको अश्रुग्यास प्रहार भएको भन्ने विषयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रष्टीकरण दिएका छन् ।

शुक्रबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै आईजीपी थापाले म्याद गुज्रिएका अश्रुग्यास प्रयोग नभएको बताएका हुन् ।

समितिका सभापति रामहरि खतिवडाले म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने आएको छ नि भनेर सोधेपछि जवाफ दिँदै थापाले भने, ‘म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौं । म्यान नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको छ । हामीसँग मौज्दातमा रहेको मात्र प्रयोग गरिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *