प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता भएको छ । थाइल्याण्डको बैंककमा उनीहरुबीच भेटवार्ता भएको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा दुई नेताबीच भेटवार्ता भएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले म्यानमार, श्रीलंकाका,बङ्गलादेश, भुटान, लगायत देशका समकक्षीसंग भेटवार्ता गरेका थिए । यही चैत्र १९ गते थाइल्यान्ड प्रस्थान गरेका प्रधानमन्त्री ओली चैत्र २३ मा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *