एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा अतिथि रेसोट एन्ड स्पामा विशेष छुट

२०८१ चैत २२ गते

काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र अतिथि रेसोट एन्ड स्पा बिच SCT-UPI कार्डका ग्राहकहरूलाई होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।
एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि अतिथि रेसोट एन्ड स्पामा आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले SCT-UPI कार्ड मार्फत भुक्तानी गर्दा फूड, वेभरेज र स्पा बिलमा १० प्रतिशत छुट तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनु हुनेछन् ।
रुम महसुलमा छुट POS मा हुने कारोबारमा मात्र उपलब्ध हुने जनाइएको छ ।

२०८१ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित