नेपाल लाइफ ‘वेस्ट लाइफ इन्स्युरेन्स कम्पनी अफ द इयर २०२५’ अवार्डबाट सम्मानित


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट खबरद्वारा आयोजित सत्रौँ कर्पोरेट बिजनेस अवाड्र्स २०२५ को लाइफ इन्स्योरेन्स विधामा ‘वेस्ट लाइफ इन्स्युरेन्स कम्पनी अफ द इयर २०२५’ अवार्ड बाट सम्मान गरिएको छ ।
यस अवार्डका लागि मनोनीत लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो ।
काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरेका छन् ।
नेपाली बिमा कम्पनीहरूको वित्तीय विवरण, सूचांकहरु, सुशासन दाबी भुक्तानीको अनुपात,चुक्तापुंजी, प्रथम बिमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधीकरणमा गरिएका कार्यहरू Automation र Digital Transformation, कोक्षेत्रमा गरिएका कार्यहरू, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रमहरू जस्ता मापदण्डहरूलाई मूल्याङ्कन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।
कम्पनीको कार्य कुशलता, प्रभावकारिता एवम् पारदर्शी नीति तथा योजनाको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई ‘वेस्ट लाइफ इन्स्युरेन्स कम्पनी अफ द इयर २०२५’ बाट सम्मानित गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, सेयर धनीहरू तथा नेपाल लाइफसँग आबद्ध समस्त ग्राहकहरूलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा हार्दिक आभार प्रकट गरे ।
उनले यसरी नै सामूहिक सहकार्य गर्दै जीवन बीमाको महत्त्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको बताए ।
