सुरक्षा घेरा तोडेर गाडी हुइँक्याएका दुर्गा प्रसाईंलाई किन छाडेको थियो प्रहरीले ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक आइजीपी दिपक थापाले गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन,आगजनी,तोडफोड,लुटपाटबारे जानकारी गराएका छन् ।

उनले शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त घटनाबारे जानकारी गराएका हुन् ।

तीनकुनेमा दुर्गा प्रसाईं गाडी हुइँक्याउँदै सुरक्षा घेरा तोडेको र त्यसबेला गाडीको टायरमा किन गोली नहानेको भनेर प्रश्न उठेको बताउँदै थापाले भने, ‘सिसा त फुटाएको छ नि !, ‘बुलेटजस्तो गाडी आयो, सोचेको पनि थिएन। प्रहरीलाई मार्ने किसिमबाट। दुर्गा प्रसाईंलाई गाडीबाट झारेर प्रहरीले नियन्त्रणमा लिएको पनि हो तर कार्यक्रम गर्न जिल्ला प्रशासनबाट अनुमति लिएको अवस्था भएकोले कार्यक्रम स्थलसम्म छाडिदिएका थियौं,’ ।

संसद भवन र सिंहदरबार तथा विमानस्थल कब्जा गर्ने भनेर प्रदर्शनकारीहरूले अभिव्यक्ति दिएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको समेत उनले बताए ।

तीनकुने घटनामा ३९ वटा गाडीमा क्षति पुगेको उनले बताए। उनले दुर्गा प्रसाईंलाई पनि पक्राउ गरेर कानुनी कारबाही गरिने समेत बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *