साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट ‘डल्फिन’ को घोषणा

काठमाडौँ । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा सञ्चालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन -सीबीसीएफ ले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को सगर्व घोषणा गरेको छ।

जुन नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल भएको कम्पनीले जनाएको छ ।

विश्व जलचर जनावर दिवस अर्थात वर्ल्ड अक्वाटिक एनिमल डे को अवसरमा बिहीबार (सन् २०२५ अप्रिल ३) मा पाटन संग्रहालयमा आयोजित एक
कार्यक्रममा सो प्रोजेक्ट औपचारिक रुपमा लन्च गरिएको छ ।

जसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद् र सामुदायिक अगुवाहरूलाई एकै स्थानमा ल्याउने कम्पनीको भनाइ छ ।

गंगा नदी डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन्, जुन संसारभर ३ हजार ५ सय भन्दा कम संख्यामा मात्र रहेका छन् । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी ५२ डल्फिन मात्र रहेको रेकर्ड छ ।

बीवाईडी डल्फिन ईभी र यही नामको जीवको संरक्षण बिचको उल्लेखनीय तालमेलको आधारमा सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण कार्यलाई अझै बढवा दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

कम्पनीले सीबीसीएफ प्रोजेक्ट डल्फिन केवल डल्फिन बचाउने मात्र नभई डल्फिनका लागि नदी बचाउने, आवश्यक जंगल बचाउने, त्यहाँ बाँचिरहेका जनावर बचाउने र साझा वासस्थानको रुपमा प्रयोग गरिरहेका समुदाय बचाउने कार्य समेत भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *