मोदीसंगको भेटपछि ओलीले भने – आत्मीय र सौहार्दपूर्ण संवाद


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो कुरा बताएका हुन् । उनले लेखेका छन्, ‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक रह्यो। हामीले नेपाल(भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटवार्ता फलदायी रहेको बताएका छन् ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबार थाइल्याण्डको बैंककमा भेटवार्ता भएको थियो ।
