बस पल्टिँदा २० जना घाइते, चारको अवस्था गम्भीर

तनहुँ । जिल्लाको डुम्रे-बेँसीसहर सडकखण्डमा शुक्रबार बस पल्टिँदा २० जना यात्रु भएका छन् । डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका-१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो ।

प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ ।

घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । “गाडी साहु र चालकको खोजी भइरहेको छ”, उनले भने,“कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *