‘अर्को एउटा द्रोणाचार्य’ नाटकमा वर्तमानको कथा (तस्बिरहरू)

काठमाडौँ । वर्तमान समयको कथा भन्ने नाटक ‘अर्को एउटा द्रोणाचार्य’ को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘अर्को एउटा द्रोणाचार्य’ को मञ्चन सुरु भएको हो ।
यस नाटकमा महाभारतका गुरु द्रोणाचार्यको चरित्र मार्फत नेपाली समाजमा हुने गरेका नेतृत्व र नैतिक द्वन्द्वलाई नाटकीय रुपमा मञ्चन गरिएको देख्न सकिन्छ । यो पुरै नाटक शक्ति, अधिकार र नैतिकता बिचको सङ्घर्षमा केन्द्रित छ । राम्रो सोच भएका मानिसलाई पनि पद र शक्तिले कसरी बिगार्छ भन्ने कुरा नाटकले देखाउँछ ।
‘अर्को एउटा द्रोणाचार्य’ भारतका प्रसिद्ध लेखक डा. शंकर शेषको नाटक ‘एक और द्रोणाचार्य’ बाट प्रेरित नाटक हो । उमेश तामाङले निर्देशक गरेका यस नाटकलाई सम्राट भुजेल र श्रीषा श्रेष्ठले नेपाली भाषामा रूपान्तरण गरेका हुन् । यो नाटक वैशाख ७ गतेसम्म मण्डला नाटकघरमा मञ्चन हुनेछ ।
हेर्नुहोस् तस्बिरहरू :