सुप्रिम सहकारी ठगी प्रकरण
उच्चले गर्यो जिल्ला अदालतको आदेश सदर, छविलाल जोशी थुनामा पठाइए

२०८१ चैत २२ गते

काठमाडौं । जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ ।
न्यायाधीशद्धय रमेश ढकाल र स्वीकृती पराजुलीको इजलासले शुक्रबार गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक समेत रहेका जोशीलाई थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवलका सुचना अधिकारी राम बहादुर कुँवरले मकालुखबरलाई बताए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका जोशीलाई यसअघि जिल्ला अदालत रुपन्देहीले पनि थुनामा पठाउने आदेश गरेको थियो ।उक्त निर्णय विरुद्ध जोशी उच्च अदालत पुगेका थिए ।

२०८१ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित