सरकार किन ढलेको लगायत विषयमा बताउन नपाउँदै प्रहरी हिरासतमा लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । लामिछाने शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ परेका हुन् ।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधिशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछानेले बैंक ज्ञारेन्टीमार्फत उक्त धरौटी रकम बुझाएपछि रिहा भएका थिए ।
पार्टी काममा फर्किएको पाँच दिनमै पक्राउ परेका लामिछानेले भोलि(शिनबार) चितवनमा हुने कार्यक्रममा सरकार किल ढल्यो लगायत धेरै कुराको खुलासा गर्ने बताएका थिए । तर, धेरै कुरा बताउन नपाउँदै उनी अदालतको आदेश बमोजिम पक्राउ परेका हुन् ।
