मैले कुनै गल्ती गरेको छैन, एक थोपा रगत रहुन्जेल लडिरहनेछु : रवि लामिछाने [भिडियो]

![मैले कुनै गल्ती गरेको छैन, एक थोपा रगत रहुन्जेल लडिरहनेछु : रवि लामिछाने [भिडियो]](https://www.makalukhabar.com/wp-content/uploads/2025/01/rabi-lamichhane-.png)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायका लागि आफु एक थोपा रगत रहुन्जेलसम्म लडिरहने बताएका छन् । पक्राउ पर्नुअघि भिडिओ सन्देशमा उनले सो कुरा बताएका हुन् ।
साथै उनले आफुले कुनै पनि गल्ती नगरेको समेत बताए । आफुले कानूनलाई सधै मान्दै आएको समेत बताए ।
ठूलो अपराधि जस्तो आफुलाई व्यवहार गरिएको समेत उनले बताए । उनले राज्यले आफुमाथि ज्यादती गरिरहेको उनले बताए । चितवनको कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह गरे ।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासको थुनामा पठाउने आदेशपछि लामिछानेलाई प्रहरीले पक्राउ गरिसकेको छ । न्यायाधिशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेशलाई उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछानेले बैंक ज्ञारेन्टीमार्फत उक्त धरौटी रकम बुझाएपछि रिहा भएका थिए ।
