जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइए रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली पु¥याएको छ ।

शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधिशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले लामिछानेको निवास पुगेर नियन्त्रणमा लिएको थियो । त्यसपछि भद्रकाली ल्याइएका लामिछानेलाई शुक्रवार राति त्यहीँ हिरासतमा राखेर शनिवार भैरहवा लैजाने तयारी रहेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि लामिछानेले बैङ्क ज्ञारेन्टीमार्फत उक्त धरौटी रकम बुझाएपछि रिहा भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *