राजतन्त्र फर्किन सम्भव छैन : मानवीर राई

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा किराँत राई कर्मचारी मञ्चले आयोजना गरेको १५ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले इतिहासले तत्कालीन राज्यलाई फालेको, लिच्छवीकालीन, मल्लकालीन शासन फालेको उल्लेख गर्दै शाह र राणाहरू पनि आन्दोलनबाट फालिएको उल्लेख गरे ।

उनले इतिहासमा फर्किनु भनेको मृत्युवरण गरेका पुर्खाहरूलाई पनि फर्काउने तर्क भएको बताए । राजतन्त्र फर्काउने कुराप्रति टिप्पणी गर्दै उनले राजतन्त्र फर्काउने कुरा सम्भव नरहे पनि प्रयास जारी रहेको बताए ।

उनले आफूहरूले पनि विभिन्न नाममा आन्दोलन गरेको तर व्यक्तिको घरमा आगो लगाउने, लुट्ने, पत्रकार जलाउने काम नगरेको बताए । आफूहरूले मान्छेलाई जिउँदो जलाउने काम नगरेको भन्दै अहिले अराजकता देखिएको उल्लेख गरे ।

रक्षामन्त्री राईले भने ‘हामी समयको कालखण्डसँगै परिमार्जित हुँदै आयौँ । इतिहासले तत्कालीन राज्यलाई फाल्यो । इतिहासले लिच्छवीकालीन, मल्लकालीन फाल्यो । शाह र राणाहरू फाल्यो । इतिहास पछाडि फर्किने भनेको हाम्रा मरेका बाउबाजे पनि फर्किन्छन् भन्ने हो । तर फर्काउन खोजिँदै छ । हामीले कसैले काँग्रेस, कसैले एमाले, कसैले माओवादी भएर आन्दोलन गरेका छौँ । त्यस्तो लुट्ने र प्रहरीमाथि गाडी गुडाउन हामीले खोजेनौँ । अलि अलि बारहरूसम्म भत्काएकै हो । तर हामीले व्यक्तिको घरमा आगो लगाएनौँ । पत्रकारहरूलाई आगो लगाएनौँ । पत्रकार र पत्रपत्रिकाको उद्योग माथि आगो लगाएनौँ । मान्छेलाई जिउँदो जलाएनौँ । हामीले लुट मच्चाएनौँ । आज त यस्तो खालको अराजक देखा पर्दैछ ।’

मन्त्री राईले किराँत राई समुदायका मानिसहरु बेइमानी हुन नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *