सञ्चारमन्त्री गुरुङको आह्वान- सबैजना सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिनू

२०८१ चैत २३ गते

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दृढतापूर्वक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन् ।
काठमाडौँको गोकर्ण रिसोर्टमा आज आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फको आठौँ संस्करण’ उद्घाटन गर्दै उनले निरंकुशताको विपक्षमा उभिन सबैलाई आग्रह गरे ।
उनले खेलकुदलगायतका गतिविधि लोकतन्त्रमा मात्रै सम्भव भएको धारणा राखे ।
गल्फ प्रतियोगितामा आज ९६ कर्पोरेट खेलाडीहरूले प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगिता उपाधि दोर्जे होजाङस्टाङले जितेका छन् ।
कर्पोरेट गल्फको पहिलो संस्करणमा क्याप्टेन नोर्बु शेर्पा विजेता भएका थिए । त्यसैगरी महिलातर्फ रेखा घिमिरे विजेता बनेकी छन् ।

२०८१ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित