बेल्जियम उडिन् सुनिता डंगोल

२०८१ चैत २३ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल बेल्जियम प्रस्थान गरेकी छन् । युरोपियन युनियनको निमन्त्रणामा उनी आज (शनिबार) त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा बैठक गर्ने भनिएको छ ।
त्यहाँ हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी विषयमा अनुभव आदनप्रदानको कार्यक्रम रहेको बताइएको छ ।
यसैगरी संसद् सञ्चालन र विधायिकी अभ्यासका विषयमा संसद सदस्यहरूसँग पनि उनको छलफल हुनेछ ।

२०८१ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित