मालारानीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका-३ ढुङ्गाडेस्थित लुटीपोखरी-खनदह भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मालारानी-३ लुटीपोखरीबाट मालारानी-४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरिएको प्रहरी निरिक्षक मरासिनीले जानकारी दिए । घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

Worst case