चैते दशैँको दिन घाँटीमा मासु अड्केर कुँवरको मृत्यु

२०८१ चैत २४ गते

काठमाडौं । घाँटीमा मासु अड्केर बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । साँफेबगर नगरपालिका-५ नवाठानाका ४२ वर्षीय डम्बर बहादुर कुँवरको उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो ।
गाउँमै काटेको खसीको मासु घरमा ल्याएर पकाएर खाने क्रममा शनिबार बिहान करिब ११ बजेतिर घाँटीमा मासु अड्केर कुँवर बेहोस भएका बताइएको छ । मासु अड्केर बेहोस भएलगत्तै वयलपाटा अस्पतालमा उपचार भइरहेको बेलामा कुँवरको मृत्यु भएको हो ।
वयलपाटा अस्पतालमा उपचारका क्रममा कुँवरको दिउँसो १२ बजे मृत घोषणा गरेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धानका लागि प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वको एक टोली खटाइएको बताइएको छ ।

२०८१ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित