रामनवमी पर्वका अवसरमा राम मन्दिरमा भक्तजनको भीड

काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । रामनवमीको अवसरमा काठमाडौंमा पनि भगवान श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ ।

काठमाडौंको पशुपतिस्थित राम मन्दिर, बत्तिसपुतलीस्थित राम मन्दिर लगायतका राममन्दिरमा भक्तजनको भीड रहेको छ । चैत्र शुक्ल नवमीको दिन भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।

सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ । त्रेतायुगमा भगवान राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो । आज विशेष गरेर जनकपुर धाममा रामनवमी पर्व मनाइँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *