सुनमा मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँका कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेर १ हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *