नयाँ म्युजिक भिडियो ‘यो माया बसेर होकी’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गायक रामकृष्ण ढकाल र काजोल कार्कीको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘यो माया बसेर होकी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा कुशल सिंहको संगीत संयोजन रहेको छ । रोमान्टिक गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र काजोल कार्की फिचर्ड छन् ।

सुनील क्षेत्रीको निर्देशनमा बनेको भिडियोमा अबि वाग्लेको कोरियोग्राफी रहेको छ। दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियो म्युजिक नेपालको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *