शिक्षकहरुको माग सम्बोधन गर्न सरकारलाई शेखर कोइरालाको आग्रह

२०८१ चैत २४ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षक कर्मचारीहरूलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कोइरालाले सरकार र महासङ्घ बिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या समाधान गर्न र शिक्षकहरूलाई नियमित काममा फर्काउने वातावरण बनाउन माग गरेका हुन् ।
उनले लेखेका छन्, ’नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासङ्घ बिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु ।’

२०८१ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित