शिक्षक हड्ताल

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस (तस्बिरहरू)

काठमाडौँ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् ।

केही दिन यता काठमाडौँ केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाडौँको माईतीघरमा सिठी जुलुस निकालेका हुन् ।

उनीहरूले काठमाडौँको माइतीघर देखी बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौँ उपस्थित भएका शिक्षकहरूले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरू पूरा नगरे शैक्षिक हडताल गर्ने चेतावनी दिएका छन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *