नाडा र नाइमाको संयुक्त विज्ञप्ति- दुवै संस्थाले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउँछ

काठमाडौँ । नाइमा र नाडाले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउने कुरामा दुवै संस्थाले विश्वास गर्ने बताएको छ ।

नाइमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाडाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएको भन्दै संस्थाले आज प्रेस विज्ञप्ति जारी गरेको छ ।

उक्त विज्ञप्तिमा नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा, नाडा र नाइमा दुवै संस्थाहरू व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य, तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध जनाएको छ ।

नाइमा ले २०८२ साल वशौख ४ गते (१६ अप्रिल २०२५) मा आफ्नो औपचारिक शुभारम्भ गर्नेछ । सो अवसरमा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना, तथा मोबिलिटी सशक्तीकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *