‘श्रम शोषण बन्द गर’ भन्दै डाक्टरहरू प्रदर्शनमा तस्बिरसहित

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको भन्दै डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् ।

आइतबार नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरूले माइतीघरमा धर्नामा दिएका हुन् ।

डाक्टरहरूले स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिकरण उत्तिकै रहेकोलगायत विभिन्न मागसहित सरकारलाई दबाब दिएका छन् ।

गत माघ २५ गते चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

बैठकले आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार सात सय) कायम गर्ने निर्णय गरेपनि आफूहरूले १९ हजार ५०० मात्र पाएको भन्दै डाक्टरहरू आन्दोलित भएका हुन् ।

उनीहरूले ‘स्वास्थ्य शिक्षा पूर्ण सरकारीकरण गर’, ‘चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकको निर्णय लागु गर’, ‘आवासिय चिकित्साहरूमाथिको श्रम शोषण बन्द गर’ भन्दै प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।

 हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *