कुलमान घिसिङको पक्षमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । कुलमान घिसिङका समर्थकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौंको माइतीघर मण्डलामा कुलमानका पक्षधरहरूले प्रदर्शन गरेका हुन् ।

कुलमानका समर्थकहरूले देशको शान कुलमान घिसिङ, कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, पूरा नेपाल झलमल्ल छ, जनताको मनमा कुलमान छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ जस्ता प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

सरकारले गत चैत ११ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।

तस्बिरहरु: 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *