१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

२०८१ चैत २४ गते

काठमाडौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, लेटाङ नगरपालिका–२ बस्ने ३५ वर्षीय अनिल राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

२०८१ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित