रौतहटमा करेन्ट लागेर एक युवतिको मृत्यु

२०८१ चैत २४ गते

रौतहट । वृन्दावन नगरपालिका–६ बस्ने २८ वर्षीया पुनम देवी पण्डितको करेन्ट लागेर शनिवार साँझ मृत्यु भएको छ ।
आफ्नै घरको धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको चपुरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा
मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

२०८१ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित