पञ्चकन्या समूहले हिमालको आरोहणका लागि कविता नेपालीलाई आर्थिक सहयोग गर्ने

काठमाडौँ । पञ्चकन्या समूहले फिटनेस आइकन तथा कलाकार कविता नेपालीलाई एभरेस्ट र लोत्से (जुम्ल्याहा) हिमालको आरोहणका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत पञ्चकन्या समूहले कविता नेपालीको मिसनमा हातेमालो हो ।

कविताले यहि चैत ३० गतेदेखी एभरेस्ट र लोत्से हिमालको आरोहण गर्न लागेकी हुन् ।

यो सामाजिक कार्यमा गरेको सहयोग, उनलाई एक कलाकारको रूपमा मात्र नभई बहुआयामिक प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकको रूपमा गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले बताए ।

सन् २०१८ मा बुगी वुगी इन्टरनेसनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्टमा समेत अब्बल भई सफलता हासिल गरिसकेको अनुभवलाई शिरोपर गर्दै कविताले अब हिमालयमा एउटा पुस्ताको आशा र नेपाली महिलाहरूको स्थायी शक्तिलाई लिएर जाने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *