नयाँ वर्षको अवसरमा सिजीका उत्पादनमा ३०% सम्मको छुट

काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपालीहरूको नयाँ वर्षको अवसरमा विभिन्न छुट तथा अफरहरू ल्याएको छ ।

सिजी डिजिटल मल्टी ब्राण्ड शोरुमको रुपमा परिचित भक्तपुरको राधेराधेस्थित सिजी डिजिटलले नयाँ वर्षको अवसरमा सबै ब्राण्डका प्रोडक्टहरुमा ३० प्रतिशतसम्मको छुट अफर ल्याएको हो ।

विभिन्न १३ ब्राण्डका उत्पादनहरू विक्री वितरण गर्दै आएको शोरुमले हात खाली नजाने उपहारसहितका अफरहरू पनि ल्याएको छ । शोरुमका इन्चार्ज रोमन खत्रीले यस वर्ष नेपालीहरूको नयाँ वर्षको अवसरमा कम्पनीले एक्सेन्ज अफरका साथै किस्ताबन्दीको सुविधा तथा फ्री डेलिभरी र फ्री इन्सटलेसन सुविधा अफरको रुपमा ल्याएको पनि जानकारी दिए ।

नयाँ वर्षको अफर यही चैत्र २१ गतेदेखि सुरु भएको छ । गुणस्तरीय उत्पादन, ग्राहक सन्तुष्टि र नवीन प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै आइरहेको सिजी इलेक्ट्रोनिक्सले देशभरका कुल २७ वटा शोरूममार्फत आफ्ना उत्पादनहरू विक्री वितरण गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *