भरतपुरको उडान रद्द बाध्यात्मक परिस्थिति : बुद्ध एयर

काठमाडौँ । बुद्ध एयरले गत शुक्रवार काठमाडौंबाट भरतपुर र त्यसैगरि भरतपुरबाट काठमाडौंको उडान बाध्य भएर रद्द गरेको जानकारी दिएको छ ।

एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बुद्ध एयरले यस्तो जानकारी दिएको हो ।

गत शुक्रवार काठमाडौं विमानस्थल ढिलो तथा आईएफआरका कारण उडानहरू क्रमशः ढिला हुन गएको थियो ।

भरतपुरको पहिलो उडान बिहान ७:२० बजे तथा दोस्रो उडान ८:४० मा रहेको थियो । भरतपुर विमानस्थल खराब मौसमका कारण १० बजेपछि मात्र सञ्चालनमा आएको थियो ।

जहाजमा प्राविधिक समस्या देखिएको र मर्मतसम्भारपछि यात्रुहरूलाई पुनः बोर्डिङ गराइएको । पहिलो उडान ११:३८ मा भएको तथा दोस्रो उडानको बोर्डिङ सकिएपछि काठमाडौं विमानस्थलमा ‘नोटाम’ जारी भएको थियो । नोटाम सकिए लगत्तै भरतपुर विमानस्थल पुनः बन्द भएको थियो । विमानस्थल खुल्ने निश्चित नहुँदा दिउँसो २ बजे बाध्य भएर उडान रद्द गरिएको थियो ।

दिउँसो ३ बजे भरतपुर विमानस्थल पुनः खुल्दा त्यसअघिका केही यात्रुले उडान नं. ३५७ बाट गन्तव्यतर्फ उडेका थिए ।

‘भरतपुर विमानस्थल भीएफआर रहेको हुँदा त्यहाँ कम भिजिबिलिटीले उडानहरू प्रभावित बनाउँदो रहेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

शनिवार पनि भरतपुर दिउँसो १ बजेपछि मात्र सञ्चालनमा आएको थियो । बुद्ध एयरले बिहानको २ उडान आज पनि रद्द गरेको थियो । बुद्ध एयरसँग दुईवटा एटीआर ४२ जहाज मात्र रहेको छ । ती दुई जहाजबाट मात्र भरतपुरको उडान हुने गरेको छ ।

बुद्ध एयरसँग रहेको अर्को एटीआर–७२ विमानबाट भरतपुर उडान भर्नका लागि आवश्यक सबै तयारी पुरा गरि नेपाल नागरिक उड्डयन प्राधिकरणमा महिनौँ अघि नै निवेदन दर्ता गराई सकेको जानकारी दिएको छ । सम्बन्धित निकायको अनुमतिपश्चात् परीक्षण उडान गरि चाँडै नै एटीआर–७२ विमानबाट भरतपुर उडान सञ्चालन गर्ने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरसँग १६ वटा एटीआर–७२ रहेको र यस विमानबाट उडान सुचारु भएपछि यस किसिमका समस्या स्वतः समाधान हुने विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *