प्रभु बैंक, गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन


काठमाडौँ । पोखरा, गण्डकी प्रदेश –प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्ता वर्गलाई लक्षित गरी को स्थापना गरेको छ ।
यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
उनले कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए ।
मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ ।
उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुने जनाइएको छ ।
कार्यक्रममा वक्ताहरूले केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
मार्फत प्रदान गरिने प्रमुख सेवाहरू :
- व्यवसाय तथा परियोजना ऋण
- उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य)
- वित्तीय परामर्श सेवा
- द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया
