अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाद्वारा पत्रकार पुरुषोत्तम दाहाललाई सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाले नेपालका अग्रज पत्रकार, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका सल्लाहकार प्राध्यापक पुरुषोत्तम दाहाललाई सम्मान गरेको छ ।

रेडियो पत्रकारितादेखि छापा पत्रकारितासम्म, प्राध्यापनदेखि सामाजिक क्षेत्रसम्म, लेखन तथा साहित्यमा योगदान दिएका दाहाल अहिले अमेरिका भ्रमणमा रहेका बेला उनीसँग भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम अमेरिकाको भर्जिनिया मनासस सहरमा भएको थियो । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका सल्लाहकार एवं अग्रज पत्रकार, कान्तिपुर दैनिकका संस्थापक योगेश उपाध्यायले पुरुषोत्तम दाहालको पत्रकारिता इतिहासदेखि वर्तमानसम्मका बारेमा चर्चा गर्दै पत्रकारिताको क्षेत्रमा दिएका योगदान कहिल्यै बिर्सिन नसकिने बताए ।

पत्रकार एवं पुरुषोत्तम दाहालका पत्रकारिताका शिष्य गौतम दाहालले उनको पत्रकारिता जीवनको बारेमा चिनारीसहित आफ्ना मन्तव्य राखेका थिए ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पुरुषोत्तम दाहालका बारेमा बोल्दै आफ्नो रेडियो पत्रकारिता र छापा पत्रकारिताको पनि अग्रज अभिभावक भएको बताए ।

सोही अवसरमा दाहालद्वारा लिखित कृति “शान्ता” पनि वितरण गरिएको थियो भने प्रा. डा. गोपी उप्रेतीको कृति प्रकृत्या सह जीवनम पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *