राजावादी आन्दोलनमा संलग्न पक्राउ संख्या ६७ पुग्यो

काठमाडौं । काठमाडौँस्थित तीनकुनेमा भएको राजावादीको आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या ६७ पुगेको छ ।

चैत १५ मा भएको उक्त प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या ६७ पुगेको हो ।

अहिलेसम्म ६७ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । पक्राउ परेकाहरू विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *