भृकुटीमण्डपमा राप्रपालाई आमसभा गर्न जिल्ला प्रशासन काठमाडौँले दिएन अनुमति (पत्रसहित)


काठमाडौँ । चैत २६ गते काठमाडौँको भृकुटीमण्डपमा आमसभा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले मागेको अनुमति काठमाडौँ जिल्ला प्रशासनले दिन अस्वीकार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार राप्रपाले आमसभा गर्न अनुमति माग्दै पठाएको पत्र चैत २२ गते शुक्रवार अपराह्न ४.२१ बजे इमेलमार्फत प्राप्त भएको थियो । आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले राप्रपालाई पत्रको जबाफ दिँदै चैत २६ गते भृकुटीमण्डपमा आमसभा गर्न उपयुक्त नभएकाले अनुमति नदिइएको बताएको हो ।
आइतबार जारी पत्रमा भृकुटीमण्डपमा अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायत पूर्व निर्धारित कार्यक्रम) पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नहुने उल्लेख छ ।
काठमाडौँ जिल्ला प्रशासनले जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा राप्रपालाई आमसभा आयोजना गर्न अनुरोध गरेको छ ।
यस्तो छ पत्र:
