फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँका कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने ३० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार ५ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ६९ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *