बिस्काः जात्रा – भक्तपुरमा रथ निर्माण कार्य तीव्र (तस्बिरहरू)

काठमाडौँ । भक्तपुरमा बिस्काः जात्राका लागि श्रीभैरवनाथको रथ निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ ।

१५ सय वर्षभन्दा पुरानो ऐतिहासिक एवम् सांस्कृतिक ‘बिस्काः जात्रा’ नजिकिँदै गर्दा भक्तपुरमा रथ निर्माण कार्यलाई तीव्र पारिएको हो ।

भक्तपुरमा बिस्काः जात्रा ९ दिन ८ रातसम्म मनाइन्छ ।

बिस्काः जात्रा लिच्छविकालदेखि मनाउन थालिएको हो । यो ऐतिहासिक जात्रा विक्रम सम्वतको नयाँ वर्षको चार दिनअगाडि मनाइन्छ । जात्राको पहिलो दिन भैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालिको बिस्काः जात्रा यही चैत्र २८ गतेदेखि सुरु हुनेछ ।

यस जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण गरिन्छ ।

साथै श्रीभद्रकालीको सानो रथ पनि निर्माण हुँदै छ ।

हेर्नुहोस् तस्बिरहरू :   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *