बल्खुमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंको बल्खुमा ठूलो सभाको तयारी गरिरहेको छ ।

देशका विभिन्न भागबाट आएका सहभागीहरू बल्खुमा जम्मा भइरहेको छ । उपत्यकाभित्र भने विभिन्न ठाउँबाट जुलुस निकालिने तयारी भइरहेको छ ।

सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले सम्बोधन गर्नेछन् ।

यस पटकको प्रदर्शनलाई लिएर सरकारले पनि उच्च सतर्कता अपनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसमेतको संयुक्त सुरक्षामा करिब २,००० सुरक्षाकर्मी खटाइरहेको छ । निगरानीका लागि ड्रोन, बडी क्यामेरा र सिसिटिभी प्रयोग गरिएको छ। सुरक्षाकर्मीहरूलाई उच्छृङ्खल गतिविधिमा संलग्न हुनेमाथि कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

4 thoughts on “बल्खुमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरू)

  1. 🕉 Jai Jai Jai Rajtantra! 2046 Shaalko Hamee Nepali Janatako Prajatantra Sahitko Rajtantra hoonunai satya ho! 🕉 Sri Siradi Satya Sai Ram!

  2. 🕉 Jai Jai Jai Rajtantra! 2046 Shaalko Hamee Nepali Janatako Prajatantra Sahitko Rajtantra hoonunai satya ho! RA Bhrastachar nibran garee Satya tathya tabarle Desh tatha Janatako Bikash Rajalenai Garna Sakiyos! 🕉 Sri Siradi Satya Sai Ram

Leave a Reply

Your email address will not be published. Required fields are marked *